काठ्माण्डौं ।
पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सचिव टोप बहादुर रायमाझीलाई पार्टीले निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीलाई पार्टीले निलम्बन गरेको हो ।
बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पार्टीबाट निलम्बन गरेको जनाएको छ । राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको महासचिव शंखर पोखरेलद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
गत बिहीबार गृह जिल्ला अर्घाखाँचीको कार्यक्रममा सहभागी भएका रायमाझी त्यसपछि बेपत्ता भएका छन् ।उनी बेपत्ता भएको खबर बाहिर आएसँगै मंगलबार बसेको पार्टीको सचिवालय बैठकले रायमाझीलाई आत्मसमर्पण गर्न निर्देशन दिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-