पोखरा ।
गण्डकी प्रदेशमा शुक्रबार (आज) मन्त्रिपरिषद् विस्तार भएको छ । नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापा, नेकपा एकीकृत समाजवादीबाट राजीव गुरुङ ९दीपक मनाङे० र नेकपा माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नियुक्त गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुको शपथ आजै दिउँसो ४ बजे रहेको छ । नवनियुक्त मन्त्रीहरुले सम्हाल्ने मन्त्रालयको नाम भने शपथ ग्रहणसँगै सार्वजनिक गर्ने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।
बैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस र माओवादीसहितको गठबन्धनबाट पाण्डे बैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अब गण्डकी प्रदेश सरकार मुख्यमन्त्रीसहित ७ सदस्यीय बनेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-