काठ्माण्डौं ।
नेपाली कांग्रेसका नेता एवं तत्कालीन संविधान सभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । शुक्रबार आफ्नै निवास सिफलमा बस्नेतको ७८ वर्षको उमेरमा निधन भएको हो ।
२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए । उनी लामो समयदेखि बिरामी थिए ।
कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका बस्नेतले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर काम गरेका थिए ।
उनले देशमा लोकतन्त्र स्थापनाका लागि भएका संघर्षका क्रममा पटक–पटक गरी नौ वर्ष जेल जीवन बिताएका थिए ।
विसं २०६२ र ०६३ को दोस्रो जनआन्दोलनपछि पार्टीको आमन्त्रित केन्द्रीय सदस्य रहेका उनी अहिले जननायक वीपी कोइराला स्मृति ट्रस्टको कोषाध्यक्ष समेत थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-