पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङ्गले शपथ खुवाएका हुन् ।
नेपाली कांग्रेसबाट तनहुँका जीतप्रकाश आलेमगर आर्थिक मामिलामन्त्री, बागलुङका दिपेन्द्र थापामगर उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, नवलपुरका महेन्द्रध्वज जिसी कृषि तथा भूमि व्यवस्थामन्त्री र नेकपा माओवादी केन्द्रबाट म्याग्दीका रेशम जुग्जाली सुविन, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री नियुक्तसँगै उनीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
यस्तै स्याङ्जाकी सरस्वती तिवारी अर्याल उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री र सुशीला सिम्खडा सामाजिक विकास तथा स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन् । यो सँगै गण्डकीमा ७ सदस्यी मन्त्रिपरिषद् गठन भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-