काठ्माण्डौं ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्समार्फत प्रधानमन्त्री प्रचण्डले नेपाल भ्रमणको निम्तो दिएका हुन् ।उनले नेपालको विकास र समृद्धिमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरेको बताएका छन् ।
यस्तै नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरूको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ ।वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा पनि गरेका छन ।
प्रतिक्रिया लेख्नुहोस्:-