काठ्माण्डौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । पाँच महिनापछि मंगलबार प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई बल्ल पूर्णता दिएका हुन् । जनता समाजवादी पार्टी जसपाका दुई जना सांसदलाई मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
आज मन्त्री नियुक्त भएकाहरुमा जसपाका विरेन्द्र महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारी शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री रहेका छन् ।त्यसोत यसअघि नै जसपाबाट अशोककुमार राई शिक्षा मन्त्री भईसकेका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण आजै हुने स्रोतले जनाएको छ । थप दुई मन्त्री नियुक्ति भएसँगै यो सरकारमा मन्त्रीको सङ्ख्या २५ जना पुगेको छ ।
सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-