काठ्माण्डौं ।
नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले पद तथा गोपनियताको शपथ लिएका छन् । बुधबार विहान उनीहरुले राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनियताको शपथ लिएका हुन् ।
वनमन्त्री महतोलाई राष्ट्रपति रामचन्द्र पौडेल र राज्यमन्त्री कुमारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गराएका हुन् । प्रधानमन्त्री प्रचण्डले हिजो मंगलबार जनता समाजवादी पार्टी जसपाका महतोलाई वनमन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री छन् । योसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-