पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले पत्रकारितामा आर्टिफिसियल ईन्टेलीजेन्स (एआई) को प्रयोग विषयक कार्यशाला सम्पन्न गरेको छ । शुक्रबार पोखरामा भएको कार्यक्रममा ६० जना पत्रकारहरुको सहभागिता थियो । मर्कन्टाइल र डाटा रिर्सच काउन्सिल फर स्टुडेन्ट -डीआरसीएफएस) र प्रिक्सा टेक्नोलोजीको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यशालामा एआई लाई पत्रकारितामा कसरी प्रयोग गर्न सकिन्छ रु के फेक भ्वाईस रेकर्ड गर्न सकिन्छ रु फेक भ्वाईस र फ्याक्ट भ्वाईस कसरी छुट्याउने रु एआई ले कसरी समाचार पढ्छ? खोजपत्रकारितामा एआईका टुल्स कसरी प्रयोग गर्ने ? र डाटा सुरक्षा कसरी गर्ने ? विषयमा डिआरसीएफएसका सह–संस्थापक एवं अध्यक्ष विशाल खराल, मेसिन लर्निङ कन्सल्टेन्ट् अशिम दाहाल र ईन्जिनियर विशाल पाण्डेले सहजीकरण गरेका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय प्रयोगमा आएको एआईका विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला राखिएको जानकारी गराइन् । छोटो समयको कार्यशाला भएता पनि पत्रकारका लागि लाभ मिल्नेमा उनी विश्वस्त छिन् ।
‘हाम्रा लागि यो नयाँ विषय होला । जसका विषयमा जानकारी लिनुपर्ने आजको आवश्यकता हो । सोहि बमोजिम एआईका विषयमा जानकारहरु सँगको सहकार्यमा पत्रकार महासंघ कास्कीले उक्त कार्यक्रमको आयोजना गरेको हो ।’, उनले भनिन् ।
भण्डारीले अहिलेको युग डाटाको युग भएकाले डाटा सुरक्षामा समेत ख्याल गर्नुपर्ने आवश्यकतालाई औंल्याएकी छिन् । महासंघले यस्ता कार्यक्रमलाई समयसमयमा गर्दै जाने भनाई उनको छ ।
एआईका विषयमा बुझिएन भने पछि परिने मर्कन्टाइलका निरञ्जन उदासले बताए । बाहिरी मुलुकमा एआईको प्रयोग बढ्दै गएको र यसबाट लाभ समेत लिन थालिएको उनले जानकारी गराए ।
नेपालमा यसको सुरुवात भर्खरै भएता पनि कालान्तरमा यसको प्रयोग अझ बढ्दै जाने भनाई उनको छ । सरकार समेत एआईका विषयमा जानकार हुनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारी, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष पुण्य पौडेल, पूर्व अध्यक्ष बद्री विनोद प्रतिक, अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बराल लगायतको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-