पोखरा ।
पोखराका एक होनहार कलाकार दिलिप गायकले दोस्रो राष्ट्रिय गण्डकी म्यूजिक अर्वाड २०८० प्राप्त गर्न सफल भएका छन् । कलाकार गायकले सर्र्वोकृष्ट सारङ्गी बाधक र फुल मायामा नभुल गितबाट भिडियो निर्देशन गरि गरी दुई विधामा सो अर्वाड जित्न सफल भएका हुन् ।
पुष्पाञ्जली स्टुडियोले कलाकारहरुको प्रोत्साहन र सम्मानका लागि विभिन्न विधामा अवार्ड प्रदान गरेको हो । कलाकार गायकलाई सारङ्गी बाधक र फुल मायामा नभुल भिडियोको लागि अवार्ड प्रदान गरिएको पुष्पाञ्जली म्यूजिक स्टुडियोका संमयोजक अस्मी गौतमले जानकारी दिएका छन् ।
कलाकार गायक विगत २८ वर्षदेखि नेपाली लोक गित, लोक दोहोरी र मौलिक बाजा सारङ्गी बजाउनमा अब्बल मानिन्छ । विशेषगरी लोक गीत संगितको क्षेत्रमा उनको महत्वपूर्ण योगदान रहेको छ । उनले झलकमान सारङ्गी पाठशालामा लगभग ५ सय जना प्रशिक्षार्थिहरुलाई प्रशिक्षण पनि दिइसकेका छन् ।
यस्तै गण्डकी प्रज्ञाप प्रतिष्ठानले आयोजना गरेको दुई महिने मौलिक बाजा सारङ्गी तालिममा समेत कलाकार गायकले २५ जना प्रशिक्षार्थीहरुलाई प्रशिक्षण पनि गराई रहेका छन् ।
एपोस्टल मिडियामा आबद्ध रहेर उनले एक सय भन्दा बढी म्युजिक भिडियो र दुई वटा नेपाली चलचित्र निर्देशक समेत गरेका छन् । उनले निर्देशन गरेका दुई चलचित्रमध्ये गुरुङ्ग भाषाको चलचित्र छार क्या प्रर्दशन भइसकेको छ भने नेपाली कथानक चलचित्र भरोसा आउने तयारीमा छ ।
त्यस्तै उनको निर्देशन रहेमो म्यूजिक भिडियोहरु तीज गीत, म माइत जाने हो, रंगी चंगी तीजको बेला, गाउँको चिनारी गीत, मकवानपुर गाउँको चिनारी ,गीत फुल मायामा नभुल ख्यालठट्टैमा रेलैमा लगायत विभिन्न क्रिस्टियन गित हरु रिलिज समेत गरिसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-