पोखरा ।।
अमेरिकादेखि गणित कार्यक्रम तथा प्रयोगसम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन (एएमएनएस २०२३) मा सहभागी हुन हालै पोखरा आउनुभएका प्रध्यापकहरूले मदरल्याण्ड माध्यमिक विद्यालयको अवलोकन तथा भ्रमण गर्नुभएको छ ।
विद्यालयका संस्थापक निर्देशक त्रिभुवन शर्माको अनुरोधमा विद्यालयमा अवलोकन तथा भ्रमण गर्न आउनुभएका सोप्रोन विश्वविद्यालय हङ्गेरीका प्रध्यापक लासजिलो स्जाले, राजकीय इन्जिनियरिङ कलेज भारतका प्राध्यापक अनुराग शुक्ला र डेलावेर विश्वविद्यालय अमेरिकाका डाक्टर मीन रानाभाटलाई विद्यालयका संस्थापक तथा एकेडेमिक डीन प्रेमनारायण पोखरेलले फूलमालाले स्वागत गर्नुभएको थियो ।
गणित विषयका प्राध्यापकहरूको अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा भव्य तरिकाले सम्पन्न भएको थियो । सोही अवसरमा नेपाल आइपुग्नुभएका प्राध्यापकहरूले कक्षा नर्सरीदेखि कक्षा नौसम्मका गणित विषयका कक्षा र व्रिmयाकलापको अवलोकनका साथै यस विद्यालयका गणित विभागका शिक्षकहरू र विद्यार्थीहरूसँग पनि अन्तरव्रिmया गर्नुभएको कुरा दस जोड दुई विज्ञान समूहका संयोजक तथा गणित शिक्षक एल बी गुरुङले जानकारी दिनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-