काठ्माण्डौं ।
नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुन लगाएको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएकोमा आपत्ति जनाएका छन् ।
उनले आफु औँठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै आपत्ति जनाएका हुन् ।
बुधवार पार्टी केन्द्रिय कार्यालयमा पार्टी प्रवेश गरेका कलाकारहरूलाई स्वागत गर्दै अध्यक्ष ओलीले आफूले आमा बितेपछि आमाको औंठी र आफ्नो साथीले दिएको औँठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औँठी नलगाएको पनि बताएका छन् ।
तर हुँदै नभएको कुराहरुलाई प्रविधि र आफुसँग भएको क्षमताको दुरुप्रयोग गरि समाजिक सञ्जालमा गरिएको ट्रोल आफ्नो लागि मात्र नभएर देशको लागि दुःखद कुरा भएको बताएका छन् । यस्तै अध्यक्ष ओलीले पार्टीमा प्रवेश गरेका कलाकारहरूलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-