काठ्माण्डौं ।
भारतले काठ्माण्डौं–रक्सौल अन्तरदेशीय रेलमार्गको फाइनल लोकेसन सर्भे प्रतिवेदन हस्तान्तरण गर्न अस्वीकार गरेको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको क्रममा उक्त प्रतिवेदन हस्तान्तरण हुने चर्चा चलेको थियो । तर प्रितिवेदन तयार भएपनि त्यसलाई अन्तिम रुप दिने प्रक्रिया पुरा नभएको तर्क गर्दै भारतले तत्कालै प्रतिवेदन दिन नसकिने जवाफ दिएको हो ।
भारतीय विदेश सचिव विनयमोहन क्वात्राले अन्तरदेशीय रेलमार्गको सर्भे प्रतिवेदनमाथि नेपालले ‘फर्स्ट कमेन्ट’ नै नदिएकाले अहिले नै प्रतिवेदन हस्तान्तरण नगरिएको बताए ।
यता, नेपालले भारतले सो प्रतिवेदन दिएमा समयममा नै रेलमार्गको निर्माण अघि बढाउन भारतसँग आग्रह गर्ने तयारी थियो । काठमाडौं–रक्सौल रेलमार्गको फाइनल लोकेसन सर्भे १८ महिनाभित्र यो काम सकाउने गरी २२ असोज २०७८ मा नेपाल र भारतबीच द्विपक्षीय समझदारी एमओयूभतिवेदन भारतले आफ्नै खर्चमा भारतीय सरकारी कम्पनीमार्फत तयार गरेको हो । भारतले सम्झौताअनुसार नेपालमै काम गर्न टोली पठाएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-