पोखरा ।
पोखरा ।
गण्डकी प्रदेशको राजधानी पोखरामा प्रथम प्रदेश स्तरीय जुडो प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी जुडो संघको आयोजना, प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशको सहकार्य र गोर्खा जुडो संघको सहयोगमा शनिबार पोखरा रंगशालास्थित कभड हलमा सो प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा कास्की, बाग्लुङ, स्याङ्जा, गोर्खा र नवलपूर गरि ५ वटा जिल्ला जुडो संघका ४८ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
महिलातर्फ ८ वटा विभिन्न वेयट क्याटोगोरि र पुरुषतर्फ ११ वटा वेयट क्याटोगोरिमा प्रतियोगिता भएको थियो । जसअन्र्तगत सो प्रतियोगितामा महिलातर्फ –३२ के.जी., –३६ के.जी., –४० के.जी.मा., –४४ के.जी., –४८ के.जी. , –५२ के.जी., –५७ के.जी. र +ं५७ के.जी.मा प्रतिस्पर्धा भएको थियो ।
यस्तै पुरुषतर्फ –२४ के.जी., –२७ के.जी., –३० के.जी., –३४ के.जी., –३८ के.जी., –४० के.जी., –४६ के.जी., –५० के.जी., –५५ के.जी., –६० के.जी. र +६० के.जी.मा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कास्की जिल्ला जुडो संघले महिला र पुरुषतर्फ गरि १० स्वर्ण, ८ रजत र २ कास्य गरि प्रथम हुन सफल भएको छ ।
यस्तै सो प्रतियोगितामा नवलपूर जिल्ला जुडो संघ ४ स्र्वण, २ रजत र एक कास्य गरि द्धितिय भएको छ । त्यस्तै टिम स्याङ्जा र गोर्खा २÷२ रजत पदकसहित तेश्रो स्थानमा आउन सफल भएका छन् । यस प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने टिम अर्थात जुडो संघहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल जुडो संघका अध्यक्ष दिपकह्रर्ष बज्र्रचार्य र आयोजक गण्डकी जुडो संघका अध्यक्ष रुद्र नारायण मल्लले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
जसअन्र्तग महिलातर्फ कास्की जिल्ला जुडो संघबाट –३२ के.जी. एलिसा मगर, –३६ –४० –४४ –४८ –५२ –५७ र ं५७ गरि आठ दिमका खेलाडीहरुले आ–आफ्नो वेयट क्याटोगोरीबीच प्रतिस्पर्धा भएको थियो ।
सो प्रतियोगितामा महिलातर्फको विभिन्न वेयट क्याटोगोरी अन्र्तगत ५ गोल्ड मेडल, ४ सिल्भर मेडल र १ ब्राउन्च मेडल गरि १० वटा मेडल प्राप्त गरेसँगै कास्की जिल्ला जुडो संघले टिम च्याम्पीयन बन्न सफल भएको छ ।
यस प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको उपाधी नवलपूरकी –४४ के.जी.की दिपा खत्रीले जितेकी छन् भने पुरुषतर्फ कास्कीका +६० वयेट क्याटोगोरिका विज्ञान टि खत्रीले जित्न सफल भएका छन् ।
–
प्रतिक्रिया लेख्नुहोस्:-