पोखरा ।
पुर्व राज्य तथा पर्यटन मन्त्री महादेव गुरुङले विद्यार्थीको अतिरिक्त क्रियाकलापको मुल्याङ्कन गर्न अनुरोध गरेका छन् । पोखरा महानगरपालिका वडा नं। २३ को हर्पनकोट माविमा छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विद्यार्थीको अतिरिक्त क्रियाकलापले विद्यालय र उक्त क्षेत्रको पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा बन्ने बताएका छन् ।
कला, संगीत, नृत्य, बाध्यबादन र खेलकुद लगायतका अतिरिक्त क्रियाकलापले सिकाइमा पनि सकारात्मक प्रभाव पार्ने भन्दै गुरुङले अबको शिक्षा किताबी मात्र नभई व्यावहारिक र जीवनउपयोगी हुनुपर्नेमा जोड दिएका छन् ।
आइतबार भएको छात्रवृत्ति वितरण कार्यक्रममा कक्षा १ देखि कक्षा ९ सम्म अध्ययनरत १२ जना गरिव, जेहेन्दार तथा लगनशिल छात्रछात्रालाई रु ५३,२०० ९अक्षरुपी त्रीपन्न हजार दुई सय रुपैयाँ० वितरण गरेको प्रधानध्यापक कृष्ण प्रसाद पोखरेलले जानकारी दिएका छन् ।
छात्रवृत्ति कक्षा १ की रोशनी नेपाली, कक्षा २ की शिवानी गुरुङ, कक्षा ४ की सुमिना गुरुङ, कक्षा ५ की सम्झना सुनार, कक्षा ५ की समिक्षा सुनार, कक्षा ६ का सुजित नेपाली, कक्षा ६ की सोनी गुरुङ, कक्षा ७ की मनिषा नेपाली, कक्षा ८ का निशान भुजेल, कक्षा ८ की सुवासी गुरुङ, कक्षा ९ का प्रविण सुनार, कक्षा ९ की वविता सुनारलाई जनही तीन हजार छ सय प्रदान गरिएको हो ।
गुरुङले आमा स्व। गंगा देवी गुरुङको स्मृतीमा वि।सं। २०५८ सालमा एक लाख पचास हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका थिए । गुरुङले आफ्नै उपस्थितीमा अक्षयकोषबाट आउने व्याज छात्रवृत्तिका रुपमा वितरण गर्ने गरेको बताएका छन् ।
यस वर्ष थप सहयोगी हात जुटेको भन्दै गुरुङले थपे,“ सुबेदार रण बहादुर गुरुङ र बनसुवा गुरुङको नाममा छोरा सन्तोष गुरुङले पच्चीस हजार रुपैयाँ र मेरो ज्वाई सोभियत संघ गुरुङले सिवानी गुरुङलाई दस हजार रुपैयाँ प्रोत्सहान स्वरुप पठाएका हुन् ।”
विद्यालय व्यावस्थापन समितिका अध्यक्ष हिमानसिहं गुरुङको अध्यक्षतामा सम्पन्न छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख आतिथि पुर्व नगर प्रमुख भोला थापा थिए । सो कार्यक्रममा बालगोपाल श्रेष्ठ, सविन गुरुङ, तिर्थ के।सि लगायतका व्यक्तित्वको उपस्थिती थियो । कार्यक्रममा शिक्षक शिव परियारले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षक शिव प्रसाद पौडेलले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-