काठ्माण्डौं ।
२०८४ मा सबै खाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको पार्टी सभापति रवि लामिछानेले आरोप लगाएका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
नेपाली जनताले देखाएको बाटो सहज भएको तर सम्पूर्ण दलहरूले आफुहरुको बाटोमा जुन घेराबन्दी गर्दैछन्, त्यो सातो जाने खालको भएको तर त्यसबाट पनि आफुहरु नडराउने उनले बताएका छन् । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले बिरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको लामिछानेले बताए ।
उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको टिप्पणी गरेका छन् । सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए । उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे । सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि उनले जिकिर गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-