पोखरा ।
“घरको फोहोर घरमै मोहोर अर्गानिक खानपान स्वाथ्थ जिवन” भन्ने नारालाई आत्मासात गर्दै पोखरा महानगरपालिका पशु तथा कृषि महाशाखाको आयोजना र वडा स्तरीय कृषि सञ्जाल पोखरा महानगरपालिका वडा ६ बैदामको समन्वयमा पोखरा ६ बैदाममा कम्पोष्ट बिन र कुटो वितरण गरिएको छ ।
शनिबार सम्मपन्न कार्यक्रममा पोखरा महानगरपालिका वडा न ६ मा रहेका आमा समुह, टोल विकास र कृर्षि सञ्जालका सदस्यहरुलाई कौशि खेति अभिमुखिकरण सहित करिब ६० वटा कम्पोष्ट विन र कृषि औजार कुटो वितरण गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा पोखरा महानगरपालिका पशु तथा कृषि महाशाखा प्रमुख मनोहर कडरियाले घरबाट निस्कने फोहोरलाई कम्पोष्ट मलका रुपमा प्रयोग गर्ने सके मोहरको रुपमा आम्दानि गर्ने सक्ने बताए ।
घरमा बनाएको कम्पोष्ट मललाई आफ्नो खेतबारीमा प्रयोग गरेर अर्गानिक खेति गर्न सुझाए । बिशेष अतिथि तथा पोखरा महानगरपालिका पशु तथा कृर्षि महाशाखा पामेकी प्रमुख पुनम कुवँरले घर आगन बाट निस्कने फोहोरलाई सदुपयोग गरि कम्पोष्ट मलको रुपमा प्रयोग गर्न सके मात्र बिदेशबाट आउने मलबाट परनिर्भता कम हुने बताए ।
पोखरा महानगरपालिका कौशि खेति एडमिन तथा कृर्षि सञ्जाल पोखरा ६ बैदामकी अध्यक्ष भावना रानाभाटको सभा अध्यक्षतामा भएको कार्यक्रममा संञ्जीविनी आमा समहु पोखरा ६ गैरीखेतकी अध्यक्ष भगवति बानिया र कृर्षि सञ्जाल पोखरा ६ बैदामका सचिब शिबु सुवेदी लगाएतका वक्ताहरुले गृहणि महिलाहरुलाई कम्पोष्ट मलको बारेमा तालिम दिन सके पनि आर्थिक स्तर बृद्दि हुने छ, भन्दै आफ्ना भनाई राखेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-