काठ्माण्डौं ।
१५ औं साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण फुटबल खेल्न नेपाल फिलिपिन्स जाने भएको छ । फिलिपिन्ससँग मैत्रीपूर्ण फुटबल खेल्न सोमबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल टिमलाई सोमबार बिदाइ गरिएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय सातदोबाटोमा भएको कार्यक्रममा राखेपका उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङलगायतले बिदाइ गरेका हुन् ।
फिलिपिन्ससँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली जेष्ठ ३२ मा भारतको बैंगलुरु जाने भएको छ । जहाँ मध्यपूर्वका लेवनान र कुवेतसहितको सहभागितामा साफ च्याम्पियनसिप आयोजना हुँदैछ ।
प्रतिक्रिया लेख्नुहोस्:-