काठ्माण्डौं ।
निजामति कर्मचारीले कार्यालय समयमा टिकटक बनाए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कारबाही गर्ने भएको छ । मन्त्रालयले सोमबार सूचना जारी गर्दै कार्यालय समयमा कर्मचारीले टिकटक बनाए कारबाही गर्ने जनाएको हो ।
कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार यदि निजामति कर्मचारीले नियम उल्लङ्घन गरेको पाइएमा अनुशासन नियमअन्तर्गत कारबाही हुनेछ पनि बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-