काठ्माण्डौं ।
नवीकरण अद्यावधिक भएका र सम्बन्ध प्राप्त दुई वा दुईभन्दा बढी क्याम्पसहरुलाई एक आपसमा समायोजन हुन त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले आह्वान गरेको छ । त्रिविले समायोजनका लागि असारमसान्तभित्रको समय अवधि दिएको छ ।
त्रिविका उपकुलपति कार्यालय योजना निर्देशनालयले आज एक सूचना जारी गर्दै समयअवधिभित्रै समायोजन गर्न अनुरोध गरेको हो । मर्ज हुन चाहेका क्याम्पसको बेग्लाबेग्दै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरु, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णय पेस गर्न पनि सूचनामार्फत जनाएको छ ।
समायोजनको लागि कुनै किसिमको शुल्क नलाग्ने पनि सूचनामा उल्लेख गरिएको छ । त्रिभुवनसहितका विश्वविद्यालयको अनुमतिमा ७ सय ५३ निजी, ५ सय ३७ सामुदायिक र झण्डै डेढ सय आङ्गिक क्याम्पस सञ्चालनमा छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-