Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

फिर्के मिचेर सगरमाथा बोर्डिङ स्कुलले बनाएको रिटेनिङ वालमा चल्यो पोखरा महानगरको डोजर

प्रमुख खबर प्रमुख खबर
२०८०, २ असार शनिबार ००:०८
104
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

सरिता गुरुङ

पोखरा ।

पोखरा–४ मा निर्मित सगरमाथा बोर्डिङ स्कुलको नयाँ भवन वरपर फिर्केखोलाको मापदण्ड मिचेर बनाइएको रिटेनिङ वालमा पोखरा महानगरपालिकाले डोजर चलाएको छ । केही दिन अगाडि मात्र विश्व रामसार सूचीमा सूचीकृत फेवातालको सिमसार क्षेत्र पुरेर बनाइएका २ सय ७० भन्दा बढी प्लटिङमा डोजर चलाएर अवैध संरचना भत्काएको महानगरले शुक्रबार सगरमाथा स्कुलले अटेरी गरी निर्माण गरेको संरचनामा पनि डोजर लगाएको हो ।

फिर्के खोलाको बहाव नै परिवर्तन गर्ने गरी बनाइएको संरचनामा पोखरा महानगरका प्रमुख धनराज आचार्यको निर्देशनमा उक्त अवैध संरचनामा डोजर चलाइएको हो ।

पोखरा महानगरका नगर प्रहरी इन्चार्ज पुरुषोत्तम थापाका अनुसार यसअघि विद्यालय व्यवस्थापन समितिलाई पटक पटक नियमविपरित कुनैपनि संरचना नबनाउनका लागि सुचित गराउँदा समेत अटेर गरी अवैध तवरले खोलाको मापदण्ड नै मिचि कम्पाउण्ड लगाउने काम गरेको हुँदा आफुहरुले सो क्षेत्रमा डोजर चलाएको जानकारी दिएका छन् ।

नगर प्रहरी प्रमुख थापाले यस भन्दा अगाडी पनि नियम मिचेर अवैधानिक रुपमा विद्यालय व्यवस्थापन पक्षले खोलाको मापदण्ड नै नछोडि कम्पाउण्ड लगाउँदै गर्दा महानगरको टोली नै आएर सामान जफत गर्ने देखि लिएर काम समेत रोकेको बताए । तर शैक्षिक संस्था जस्तो पवित्र ठाउँ जहाँ कैयौं सुनौला भविष्यका कर्णधारहरुलाई भविष्य कोर्नका लागि शिक्षा दिने गर्छ त्यस्तो संस्थाले नै अटेर गरि यसरी अवैध संरचना निर्माण गर्नु निकै दुःखद भएको उनले प्रतिकृया दिएका छन् ।

उनका अनुसार अहिले फिर्के खोलाको मापदण्डको विषयमा समिति गठन भईसकेको र उक्त समितिले अबको केही समयमा खोलाको नाप जाँच गरेर मापदण्ड निर्धारण गर्ने र सोही अनुसार फिर्के खोला मिचेर बनाएका सम्पूर्ण संरचनाहरुलाई हटाउने बताए ।

त्यस्तै केही सयम अगाडी मात्र पनि पोखरा १८ तर्फ पर्ने फिर्केको भागमा पोखराका व्यापारी अशोक पालिखेले समेत आफ्नो जग्गाको संरक्षण गर्ने नाममा खोलाको बिच भागबाट नै मापदण्ड विपरित ग्याबिन भर्ने काम गरेका थिए । त्यससमय महानगर प्रहरीले निर्माण सामाग्री जफत गरी काम रोकेको थियो । तर सार्वजनिक जग्गा मिच्न माहिर पालिखेले पूनः महानगरको आँखामा छारो हाली आफ्नो जग्गा जोगाउने नाममा फिर्के मिच्ने कामलाई निरन्तरता दिएका थिए ।

उनले मिचेको सो भागलाई पनि आज महानगर प्रहरीको टोलीले भत्काएको छ । आठ किलोमिटर लम्बाई रहेको फिर्केको १५ मिटरदेखि ५ मिटरसम्मको फरकफरक चौडाइ छ । तर फिर्के अतिक्रमणप्रति सम्बन्धीत निकायहरु नै मौन र निरीह देखिने गरेको छ । त्यही मौनतालाई केही हदसम्म भएपनि तोड्दै पछिल्लो समय महानगरका प्रमुख आचार्यले यो कदम चालेको हो ।

अँधेरी कुनादेखि फेवातलसम्मै फिर्के खोलाको मापदण्ड मिचेर झण्डै २ सय संरचनाहरु बनिसकेका छन् । फिर्केमा बनेका संरचनाहरु कति सरकारी एंव गैह्रसरकारी संघ संस्थादेखि लिएर व्यक्तिका नाममा समेत छन् । सो क्षत्रेमा १ सय ९२ बढी घरटहरा मापदण्ड विपरीत भएको स्रोतले जनाएको छ । जसमा सरकारी भवन ७, पक्की घर ७२, कच्ची घर टहरा ८६, विद्यालय तथा कलेज ३, मठमन्दिर २ र समाज घर ११ वटाको साथै विभिन्न नाम दिइएका संघसंस्थाका भवनहरु रहेका छन् ।

करिब ८ किलोमिटर लामो यस खोला ठाउँ अनुसार ४ देखि २४ मिटरसम्म फराकिलो छ । फिके खोलाको दायाँ र बायाँ १० मिटरभित्र कुनैपनि संरचना बनाउन नपाईने नियम छ । तर सम्बन्धीत ठाउँबाट कुनैपनि किसिमको अनुगमन नहुँदा मापदण्ड १० मिटर भनेपनि यो खोला अतिक्रमणको चेपुवामा पर्ने परेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In