पोखरा ।।
शुक्ला गण्डकी ९, तनहुँका कैलाश नेपालीको असामयिक निधन प्रति हार्दिक समबेदना प्रकट गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साबधिक जीवन बिमा गरेको बिमितको बैदेशिक रोजगारको शिलशिलामा मलेसियामा मृत्यु भएको थियो ।
निजले महालक्ष्मी लाईफ इन्स्योरेन्समा गरेको बिमाङ्कन रकम रू १००००० (एक लाखको ) महालक्ष्मी साबधिक बिमा मा निजले प्रिमियम रकम रू ७००८(सात हजार आठ रूपैया ) तिरेको अन्तर्गत रहेर बिमितको आकस्मिक मृत्युुबाट हुने आर्थिक क्षति न्युनिकरण गर्न बिमा लेखमा ईच्छाईएको व्यक्ति निजका पिता सुक बहादुर सार्कीलाई मृत्यु दाबी भुक्तानी रकम रू १०५००० अक्षेरूपी (एक लाख पाँच हजार) इन्स्योरेन्स कम्पनी पोखरा ब्रान्चबाट गन्डकीका रिजनल म्यानेजर अखिल धमालाले एक कार्यक्रममा प्रदान गर्नु भएको छ ।
उक्त कार्यक्रममा एजेन्सी म्यानेजर गोकर्ण क्षेत्री, सुनिता पराजुली लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको अवसरमा महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका रिजनल म्यानेजर अखिल धमालाले मृत्यु दाबी भुक्तानी कार्यलाई कम्पनीले सधै उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्:-