पोखरा ।।
प्रेस सेन्टर गण्डकीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार कसैले ढाल्न नसक्ने दावी गरेका छन् । प्रधानमन्त्रीले भ्रष्टाचारविरुद्ध अनुसन्धानको कामले थप तीव्रता पाउने बताउदै भ्रष्टाचार देशको विकराल समस्याका रूपमा रहेको उल्लेख गरे उनले नक्कली भुटानी शरणार्थी प्रकरण वा ललिता निवास प्रकरण यसमा सरकार दृढताका साथ अगाडि बढेको बताए ।
‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो । विनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ’ उलने भने, ‘सरकार कमजोर भएको छैन । यस्तै परे सरकार पुनः पहिलेकै जस्तो ९९ प्रतिशत समर्थन सरकारले पाउने सम्भावना छ ।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पार्टी एकताका लागि ठोस पहल भइरहेको बताए । उनले समाजवादी मोर्चामा भएका दलहरुबीच पार्टी एकिकरणको प्रयास गरिने बताए । अन्य विचार मिल्ने पार्टीसंग पनि एकतातिर जाने छलफल चलिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-