गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशको समृद्दिको लागी रोटरी क्लबको योगदान अतुलनिय रहेको बताएका छन ।
रोटरी क्लब अफ पोखरा अन्नपुर्णको १८ औ पदस्थापन कार्यक्रमको अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले रोटरी क्लवले प्रदेश भित्र स्वास्थ्य, शिक्षा र खानेपानीको क्षेत्रमा पूरयाएको योगदानको चर्चा गर्दै प्रदेशको नीती तथा कार्यक्रममा मुटु रोगको विशेष अस्पताल स्थापना गर्ने रहेको र रोटरी क्लवको सहयोग र सहकार्यको अपेक्षा रहेको वताएका हुन ।
सो अवसरमा वोल्दै मुख्यमन्त्री पाण्डेले अहिले प्रदेशमा दैनिक ५/७ जना व्यक्ती मानसीक समस्याको कारण आत्महत्या गर्ने गरेको चर्चा गर्दै रोटरी क्लवको प्राथमीकता मानसीक स्वास्थ्य र यस्को निरुपण रहेकोमा यो बिषय प्रदेशको पनि मुख्य समस्याको रुपमा रहेकोले सहकार्य गर्न आफु तयार रहेको बताउनु भयो ।
क्लवका २०२२\२३ का अध्यक्ष देबेन्द्र बास्तोलाले वर्ष २३\२४ का अध्यक्ष तोया बहादुर भट्टराईलाई पद हस्तान्तरण गरेर सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्री पाण्डेले समग्र प्रदेशको बिकासका लागी सहकार्य नै मुख्य आधार भएको र आफु समग्र प्रदेशबासीको आकाक्षा विपरीत जान नसक्ने प्रष्ट पारेका थिए ।
सो अवसरमा रोटरी डिष्ट्रीक्ट ३२९२ का असिस्टेन्ट गभर्नर जयराम पौडेल , क्लवका संस्थापक अध्यक्ष देवराज चालिसे लगायतले रोटरी अभियान र रोटरी क्लव अफ अन्नपुर्णको गतिबिधी बारे चर्चा गरेका थिए ।
कार्यक्रममा बर्ष २२\२३ का अध्यक्ष देबेन्द्र बास्तोलाले आफ्नो कार्यकाल मा सहयोग पुर्याउने संघ संस्था एवं समकालीन व्यक्तीहरुलाई सम्मान गरेका थिए भने वर्ष २३\२४ का अध्यक्ष तोया बहादुर भट्टराइले आफ्नो कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
क्लवले प्रदान गरेको व्यवशायीक सेवा सम्मान बाट -याम्स वार्वरका राम प्रसाद गुरुङ , क्लवका सहयोगी मध्यबाट एस ओस एस बालग्राम गण्डकी, 3सिस्टर एडभेन्चर , नेपाल अर्वुद रोग निवारण संस्था , होटल पौवा लगायतलाइ सम्मान गरिएको कार्यक्रममा क्लवका सदस्य निकेश कर्माचार्य , बाबुराम बराल , इश्वर कर्माचार्य, ,रोश गुरुङ , लगायत लाई सम्मान गरीएको थियो ।
प्रमुख मिडिया प्रा.लि.
पोखरा २,अर्चलबोट
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected]
प्रतिक्रिया लेख्नुहोस्:-