Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरा महानगरपालिकाद्वारा १९१ जना कृषकहरुलाई अनुदान प्रदान

प्रमुख खबर प्रमुख खबर
२०८०, ८ श्रावण सोमबार २३:५१
100
SHARES
995
VIEWS
Share on FacebookShare on Twitter

पाेखरा ।।
पोखरा महानगरपालिकाले कृषकहरूलाई रु.४४ लाख बढी अनुदान प्रदान गरेको छ । मेयरमैत्री बाख्रा पकेट कार्यक्रम अन्तरगत महानगरका १९१ जना कृषकहरूलाई रु.४४ लाख २० हजार बराबरको अनुदान प्रदान गरिएको हो । महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा २८ कालिकामा आयोजित एक कार्यक्रमका बिच सो अनुदान प्रदान गरेका हुन् ।

बाख्रा पालन पकेट कार्यक्रमका रूपमा विकास भइरहेका बेला महानगरपालिकाको आर्थिक विकास महाशाखाले अनुदानका लागि योग्य कृषकहरूलाई अनुदान सहायता उपलब्ध गराएको हो । यस प्रकारको अनुदानले कृषकहरूलाई हौसला मिल्ने नगरप्रमुख आचार्यले विश्वास व्यक्त गरेका छन् ।“महानगरपालिका कृषकहरूको सहायताका लागि सदैव सकारात्मक छ, प्रमुख आचार्यले भने महानगरपालिकाको समृद्धिसँग कृषकहरूको समृद्धि पनि जोडिनु पर्दछ ।”

आत्मसम्मानका साथ उत्पादन र उत्पादकत्व वृद्धिमा लाग्ने वातावरणको सृजना गर्न महानगरपालिका प्रतिबद्ध रहेको उनले बताएका छन् । कृषिजन्य उत्पादनहरूमा आयात प्रतिस्थापन गरी महानगरलाई आत्मनिर्भरता तर्फ उन्मुख बनाउन कृषकहरूको योगदान उल्लेखनीय हुने भएकाले आफ्नो उत्पादनको स्वच्छतामा समेत ध्यान दिन उनले आम कृषकहरूलाई अनुरोध समेत गरेका छन् ।

कृषकहरूलाई राज्यको तर्फबाट दिनुपर्ने संरक्षण, बजारको सुनिश्चितता र बजारीकरणका लागि आफूहरू प्रतिबद्ध रहेको उनले बताएका छन् । “उनीहरुलाई उत्पादनमा केन्द्रित हुन र त्यो उत्पादनको बजार सुनिश्चितता हामी गछौँ ।” उत्पादनका क्रममा हुने लगानीको सुनिश्चितता गरिने भएकाले कृषकहरूलाई निराश हुने वातावरण सृजना नगरिने उनले विश्वास दिलाएका छन् ।

पोखरा महानगरपालिका वडा नं.२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछानेले बाख्रा पालन व्यवसाय तर्फ कृषकहरूको आकर्षण बढेको भन्दै खुसी व्यक्त गरेका छन् । उन्नत जातका बाख्रा पालनबाट कृषकहरूले मनग्य लाभ लिइरहेको बताउँदै उनले यसका सरकारी तवरबाट आवश्यक सहयोग तथा सहजिकरणका लागि आफूहरू तयार रहेको बताएका छन् ।

पोखरा महानगरपालिका वडा नं.२८ का पूर्व वडाध्यक्ष एवं कार्यपालिका सदस्य निर्मल दियालीले अनुदान रकमको सदुपयोगीतामा जोड दिएका छन् । पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा बाख्रा पालन कार्यक्रम निकै प्रभावकारी र उपलब्धिमूलक भइहरेको बताएका छन् । बाख्रा पालन प्रति कृषकहरूले देखाएको चासो र उनीहरूले प्राप्त गरेको लाभले आफूहरूलाई यस क्षेत्रमा थप कामका लागि हौसला मिलिरहेको उनले बताएका छन् ।

पछिल्लो समय पशुहरूमा देखिएको समस्या प्रति सचेत रहेको बताउँदै कडरियाले यसको रोकथाम र निदानका सम्भाव्य उपायहरूको उपयोग गरिएको बताए । भेटेरिनरी अस्पतालका विज्ञ सहदेव पौडेलले विभिन्न प्रकोपका कारण समस्यामा रहेका कृषकहरूलाई यस प्रकारको अनुदानले राहत मिल्ने विश्वास व्यक्त गरेका छन् । कृषकहरूको समस्या समाधानका लागि आफूहरू निरन्तर खोज तथा निदानका उपायहरूको सहजिकरणमा लागि रहेको उनले बताएका छन् ।

सोमबार वडा नं.१९ का २४ जना कृषकहरूलाई रु.६ लाख २० हजार, वडा नं.२० का ३२ जना कृषकहरूलाई रु.७ लाख २० हजार, वडा नं.२१ का ४३ जनालाई रु.१० लाख, वडा नं.२४ का ३७ जनालाई रु.८ लाख २० हजार, वडा नं.२५ का २३ जनालाई रु.४ लाख ८० हजार र वडा नं.२८ का ३२ जनालाई ७ लाख ६० हजार गरी १९१ जना कृषकहरूलाई रु.४४ लाख २० हजार नगद अनुदान प्रदान गरिएको पशुसेवा शाखा प्रमुख नवराज अधिकारीले बताए ।

वडा स्तरमा गठन गरिएका कृषि सञ्जाल र अनुदान प्राप्त गर्ने कृषकहरूले खुसी व्यक्त गरेका छन् । कृषकहरूका समस्याहरू समाधानका साथै आफूहरूको हौसला वृद्धिका लागि यस प्रकारका कार्यक्रमहरूको निरन्तरतामा उनीहरूले जोड समेत दिएका छन् । यसैबिच पोखरा महानगरपालिका वडा नं २८ मा माझठाना कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र समेत सञ्चालन गरिएको छ ।

केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख आचार्यले उद्घाटन गर्नु भएको हो । वडा नं २८ र वडा स्तरीय कृषि सञ्जालको समन्वयमा केन्द्र सञ्चालन गरिएको हो । सो क्रममा कृषि औजार समेत प्रदान गरिएको छ । हाल पोखरा महानगरपालिकामा १५ स्थानमा कृषि सङ्कलन केन्द्र सञ्चालनमा रहेका छन्, भने ५ वटा कृषि बजारहरू महानगरपालिकाको तर्फबाट सञ्चालन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In