पाेखरा ।।
विश्व आदिवासी दिवसकाे पुर्वसन्ध्यामा यहि साउन २३ गते मंगलबार पाेखरामा रहेका आदिवासी जनजाति संघसंस्थाहरू बिच अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फाेनिज) कास्कीकाे सहकार्य रहने साे कार्यक्रमकाे आयाेजना फाेनिज गण्डकीले गर्ने
बुधबार फाेनिज कास्कीले राखेकाे बैठकले जानकारी गराएकाे छ ।
पाेखरामा रहेका जनजाति अादिवासी संघसंस्थासँग परिचयात्मक सहित बस्तु स्थितिबारे जानकारी लिने उद्देश्यले अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गर्न लागिएको फाेनिज कास्कीका अध्यक्ष दिलप्रसाद गुरूङले बताउनुभयो ।
त्यस्तै उक्त बैठकले रिक्त रहेकाे काेषाध्यक्ष पदमा फाेनिज कास्कीकी कार्यसमिति सदस्य प्राश्ना मानन्धरलाई मनाेनित गरेकाे छ भने रिक्त रहेकाे कार्यसमिति सदस्यमा फाेनिज कास्कीकी साधारण सदस्य वर्षा गुरूङलाई मनाेनित गरेकाे फाेनिज कास्कीका सचिव सुशील श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले नेवा:पत्रकार पुच:कास्कीकाे दाेस्राे अधिवेशनबाट अध्यक्ष अनिशा श्रेष्ठकाे नेतृत्वमा चयन हुनुभएका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई अन्तरक्रिया कार्यक्रमका बिच बधाई ज्ञापन सहित सम्मान गर्ने निर्णय समेत गरेकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-