पोखरा । ।
पोखरा महानगर पालिका वडा नम्बर ७ ले डेंगी रोग नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम सुरु गरेको छ ।
आज बिहान ७ बजे देखि ९ बजे सम्म दुई घण्टा माइकिङ गरी डेंगी रोग, यसको असर यसबाट बच्ने उपाय भन्दै जथाभाबी फोहोर मैला नफाल्न अनुरोध गरेको छ ।
पहिलो चरणको सचेतना कार्यक्रममा अन्तरगत आज माइकिङ गर्दै आज नुवारथोक र मासबार क्षेत्रमा गरेको हो ।यस्तै बुधबार र विहिबार घारीपाटन र ढाँँड क्षेत्रमा गर्ने वडा अध्यक्ष राम मोहन आचार्यले जानकारी दिए ।
दोस्रो चरणमा टोल समिति, क्लव, आमा समुह तथा संघ संस्थालाई डेंगी रोगको न्युनिकरण र यसबाट बच्ने उपायहरु सम्बन्धी प्रशिक्षण गराइने अध्यक्ष आचार्यले बताए ।
उनले डेंगी संभावित स्थान र लार्भाको पहिचान भए नष्ट गर्न वडाले स्प्रे तथा पाउडरको व्यवस्था गर्ने बताए ।
वडा सदस्य ंबिष्णु मणि बरालले डेंगीको प्रकोप बड्दै गएको हुनाले सर्वसाधारणलाई सचेत गराउन वडालाई ३ क्षेत्रमा विभाजन गरीे सुरु गरेको डेंगी सम्बन्धी सचेतना कार्यक्रम सबै टोलमा घरदैलो गरी सन्देश दिइने बताए ।
मासबार आमा समुहका अध्यक्ष शारादा गिरीले डेंगी प्रकोप महामारीको रुप नलियोस भन्नका लागि सबै सचेत हुन जरुरी रहेको बताइन ।
हरेक नागरिकले आफ्नो वरपर पानी जम्न नदिने र सफा राख्न सके मात्रै पनि डेंगीको जोखिम कम हुने हुँदा पानी जम्ने खाल्टा पुर्न र वरपर सफा राख्न अनुरोध गरिन ।
वडा नम्बर ७ का जनप्रतिनिधिहरु, टोल विकास संस्था, सहरी स्वास्थ्य केन्द्र ७ को कर्मचारी, नेपाल रेडक्रस सोसाइटी उपशाखा ७ , आमा समुह र क्लवहरुको उल्लेख्य सहभागिता थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-