पोखरा । ।
पोखरा महानगरपालिका वडा नम्बर-७ ले आज दोस्रो पनि डेंगी रोग नियन्त्रण सम्बन्धी जनचेतना कार्यक्रम संचालन गरेको छ ।
दिन प्रतिदिन डेङ्गु फैलिदो क्रममा रहेकाले यस सम्बन्धि जनचेतना बढाउने उदेश्य सहित दोस्रो दिन पनि ढाड क्षेत्रका संवेदनशिल ठाउँहरूमा घरदैलो अभियान गरेकाे हाे ।
उक्त घरदैलो कार्यक्रममा डेंगी रोग र यसको असरबाट बच्ने उपाय भन्दै जथाभाबी फोहोर मैला नफाल्न अनुरोध गरेको छ ।
यस्तै विहिबार घारीपाटन र ढाँँड क्षेत्रका अन्य ठाउँमा समेत यस सचेतना कार्यक्रमलाई निरन्तरता दिने वडा अध्यक्ष राम मोहन आचार्यले जानकारी दिए ।
दोस्रो चरणमा टोल समिति, क्लव, आमा समुह तथा संघ संस्थालाई डेंगी रोगको न्युनिकरण र यसबाट बच्ने उपायहरु सम्बन्धी प्रशिक्षण गराइने अध्यक्ष आचार्यले बताए ।
उनले डेंगी संभावित स्थान र लार्भाको पहिचान भए नष्ट गर्न वडाले स्प्रे तथा पाउडरको व्यवस्था गर्ने बताए ।
वडा सदस्य बिष्णु मणि बरालले डेंगीको प्रकोप बड्दै गएको हुनाले सर्वसाधारणलाई सचेत गराउन वडालाई ३ क्षेत्रमा विभाजन गरीे सुरु गरेको डेंगी सम्बन्धी सचेतना कार्यक्रम सबै टोलमा घरदैलो गरी सन्देश दिइने बताए । कार्यक्रम बुधवार पाेखरा ७ का वडा सदस्य अर्जुन थापाकाे नेतृत्वमा सम्पन्न भएकोभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-