Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पाेखरामा आखाँ पाक्ने राेगका बिरामीकाे संख्यामा वृद्धि, साबधानी अप्नाउन चिकित्सकहरुकाे आग्रह

प्रमुख खबर प्रमुख खबर
२०८०, २२ श्रावण सोमबार २३:१५
104
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

सरिता गुरुङ
पाेखरा ।।

पोखरामा पछिल्लो समय आँखा पाक्ने राेग (एडिनो भाइरल कन्जङटिवाइटिस) फैलिरहेकाे छ । याे राेग फैलिएसँगै यसका बिरामीहरु पनि दिनप्रतिदिन बढ्दाे क्रममा छ ।

यसै विषयलाई लिएर हिमालय आखाँ अस्पतालले सोमबार जनचेतना मुलक कार्यक्रम एवम पत्रकार सम्मेलनकाे आयाेजना गर्दै पाेखरामा पछिल्लो समय यस राेगका बिरामीहरुकाे संख्या वृद्धि भएकोले साबधानी अप्नाउन सबैमा आग्रह गरेकाे छ ।

दैनिक ७ सय ५० बिरामी जाँच गर्दै आएको यस अस्पतालले आँखा पाक्ने समस्या आएपछी अहिले दैनिक १३ सय बिरामीहरको उपचार गरिरहेको अस्पतालकी मेडिकल डाइरेक्टर प्रा.डा.इलिया श्रेष्ठले जानकारी दिएकी छन् ।

उनले यो हप्ता मात्रै १५ सय बिरामी आँखा पाक्ने समस्या लिएर अस्पताल आएको बताएकी छन् । जसमा ९ सय बालबालिका मात्रै छन् । उनका अनुसार अन्य उमेर समुहलाई भन्दा बालबालिकामा आँखा पाक्ने समस्या बढी देखिएको बताइन । विशेषगरी बालबालिकामा आँखा पाक्ने समस्या बढीको हुनुकाे प्रमुख कारण बच्चाहरुले हात नधोइकन आँखामा छुने भएकाे उनले बताइन ।

त्यस्तै प्रा.डा.श्रेष्ठका अनुसार आँखा पाक्ने समस्याका बिरामी आइतबार मात्र ६ सय २९ जना आएकाे समेत जानकारी दिइन। याे राेग त्यति जटिल नभएपनि यसकाे उपचार भने समयमा नै गर्नुपर्ने उनले बताइन ।

एडिनो भाइरल कन्जङटिवाइटिस भाइरसको संक्रमणपछि आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा चिप्रा लाग्ने तथा पाक्ने जस्ता समस्या देखापर्ने हुदाँ यस्ता लक्षण देखिएमा समयमा नै उपचार गर्नुपर्ने समेत बताइन ।

दाङ, भरतपुर र जनकपुरमा अाखाँ पाक्ने समस्याका कारण विद्यालय बन्द भएको अवस्थामा पोखरामा पनि अहिले बच्चामा आँखा पाक्ने समस्या बढी देखिएकाले एकहप्ता विद्यालय नै बन्द गर्नुपर्ने सुझाव दिएकी छन ।

प्रा.डा. श्रेष्ठले दिएकाे जानकारी अनुसार हिमालयन आँखा अस्पतालको क्षमता दैनिक ८ सय जनाको भएको तर हाल आँखा पाक्ने समस्या आएपछी बिरामी दैनिक १५ सय पुग्ने गरेको छ ।

आँखा पाक्ने समस्या भएमा हिमालय आँखा अस्पताल नै आउनु पर्छ भन्ने छैन जिल्ला जिल्लामा रहेका आँखा उपचार केन्द्र वा अस्पतालबाट पनि सेवा लिन सकिने उनले बताएकी छन् ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In