पाेखरा ।।
पोखरामा पछिल्लो समय आँखा पाक्ने राेग (एडिनो भाइरल कन्जङटिवाइटिस) फैलिरहेकाे छ । याे राेग फैलिएसँगै यसका बिरामीहरु पनि दिनप्रतिदिन बढ्दाे क्रममा छन् । याे राेग अाफैमा संक्रमित राेग हाे ।
विशेषगरी यस राेगकाे प्रभाव विद्यालयहरुमा बढी मात्रामा देखा परेका छन् । यसकाे संक्रमण चक्रलाई राेक्नकाे लागि पाेखरा महानगरपालिकाले अाज एक सूचना जारी गर्दै भाेलिबाट तीन दिनसम्मका लागि महानगरभित्रका सम्पूर्ण विद्यालयहरु विदा गर्ने निर्णय गरेकाे छ ।
महानगरले जारी गरेकाे सूचनामा, पछिल्लाे समय पाेखरामा अाखाँ पाक्ने राेगले अाक्रान्त पारिरहेकाे र उक्त राेगकाे प्रभाव विद्यालयहरुमा समेत देखा परेकाे हुदाँ यसलाई राेक्न हिजाे साेमबार महानरपालिकाका प्रमुखकाे संयाेजकत्वमा सराेकारवालाहरुसँग बैठक बसि श्रावण २४ देखि २६ गतेसम्म तीन दिनका लागि महानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक, संस्थागत र मन्टेश्वरि स्कुलहरु विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।
साेही निर्णय अनुरुप महानगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई तीन दिनका लागि बन्द गर्न उक्त सूचनामार्फत अनुराेध समेत गरकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-