पाेखरा ।।
बालहित संरक्षण समिति पोखरा कास्कीको आठौ बार्षिक साधारण सभा तथा चौथो अधिवेसन शुक्रबार सम्पन्न भएको छ ।
महानगरका उप-प्रमुख मञ्जु देवि गुरूङको प्रमुख अथित्यतामा पाेखरा-७ काे वडा कार्यालयकाे सभाहलमा समितिकाे वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हाे ।
उक्त चाैंथाे अधिवेशनबाट समितिकाे अध्यक्षमा पुन: गोकुल बहादुर कार्की निर्वाचित भएका छन् । कार्कीकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको छ ।जसकाे उपाध्यक्षमा अर्जुन भण्डारी, महासचिवमा शारदा गिरी, सचिवमा पवित्रा जिसी, कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा थानेश्रवर बराल, तुल बहादुर गुरूङ, पिङगला भट्ट र सविता बराल चयन भएका छन् । कार्यक्रममा समितिका सल्लाहाकार एवम् अधिवक्ता युवराज पराजुलीको संयोजकत्वमा दामोदर बराल र प्रभा पन्तको निर्वाचन समितिले निर्वाचन गराएकाे थियाे ।
कार्यक्रममा समितिमा लामो समयदेखि लेखा परिक्षण गरिरहेका लेखा परिक्षक बिष्णुप्रसाद बराललाई सम्मान गरिएको थियाे ।
साे कार्यक्रममा वडा नं ७ का वडाध्यक्ष राममाेहन आचार्य, माछापुच्छ्रे महिला कल्वका अध्यक्ष गिता पौडेल, वडा नम्वर ७ का सचिव राजेन्द्र पौडेल, वडा नं ७ का सदस्य अर्जुन ब.थापा, सल्लाहाकार युवराज पराजुली ,सम्मानित व्यक्ति बिष्णुप्रसाद बराल लगायतले अाफ्ना भनाइहरु राखेका थिए ।
समितिका महासचिव अर्जुन भण्डारीले सञ्चालन गरेकाे कार्यक्रममा सचिव पवित्रा जिसी र कोषाध्यक्ष शारदा गिरीले प्रतिवेदन प्रस्तुत गरेका थिए भने थानेश्वर बरालले स्वागत गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-