पोखरा ।।
मिजार समाज समाज नेपाल को १९ नम्बरको वडा भेला सम्पन्न भएको छ । पोखरा लामाचौर स्थित सहिद स्मृति भवनमा मिजार समाज कास्कीका अध्यक्ष रमेश सिकेको अध्यक्षता भएको हो । भेलाका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा न १९ का अध्यक्ष पुष्पेन्द्र पाण्डेले समुदायको एकता आजको आवश्यक्ता रहेको बताए । त्यस्तै भेला मा वडा १९ नेपाली काङ्ग्रेसका सभापति बिष्णु बास्तोला , १९ का माओबादी अध्यक्ष निर्मल बास्तोला लगायतले आफ्ना भनाई राख्दै शुभकामना ब्यक्त गरेका थिए ।
मिजार समाज १९ वडा कमिटी गठनको क्रममा अध्यक्ष मा लाल बहादुर सिके , उपाध्यक्षमा लक्की नेपाली , सचिबमा रेनुका नेपाली , सह- सचिबमा कृष्ण नेपाली , कोषाध्यक्षमा मनिषा नेपाली त्यस्तै सद्स्यहरुमा इन्द्रबहादुर सिके , दिपक नेपाली , सीता नेपाली , लोकबहदुर नेपाली , शान्ति नेपाली , र मङली नेपाली रहेका छन् ।
सोहि भेलाले लामाचौर र पुरुन्चौर ईकाई को गठन गरेको हो । भेला को सहजीकरण महानगर संयोजक सुशील नेपाली ले गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-