काठ्माण्डाैं ।।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दै छ। अाज साँझ ५ बजे रास्वपाकाे कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।
अाजकाे बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने सचेतक परियारले बताएका छन् ।
भदौ ११ गते सभापति चयन गर्ने गरी कार्यतालिका प्रकाशन भएसँगै समिति सभापतिका लागि उम्मेदवार दिने वा नदिने भन्नेबारे बैठकले टुंगो लगाउने परियारले बताए ।
त्यस्तै अाजकाे बैठकमा पार्टीको आगामी संसदीय अभ्यास र विविध विषयमा छलफल हुने पनि उनले बताए ।
रास्वपाले संसदीय दलमा सामुहिक छलफल गरेर मात्र संसद बैठकमा सहभागी हुने अभ्यास थालेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-