पाेखरा ।।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्नेबारे चीनसँग छलफल गर्ने बताएका छन् ।
शुक्रबार समाजवादी मोर्चाको गण्डकी स्तरीय सन्देश सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पचण्डले आसन्न चीन भ्रमणको क्रममा उक्त विषयमा छलफल गर्ने बताएका हुन् ।
उनले कोरोला नाका र रूइला नाका खोल्न चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको छ ।
त्यस्तै उनले उक्त सभालाई सम्बाेधन गर्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष भएको र यश विषयमा नेपालमाथि प्रश्न उठाउने ठाउँ नरहेकाे दाबी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सरकार ‘निर्दोष नफसून्, दोषी नछुटून्’ भन्ने मान्यतामा रहेको समेत बताएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-