काठ्माण्डौं ।।
पछिल्लो समय डेङ्गी रोगको सङ्क्रमण घट्दो क्रममा छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ुडेङ्गी फैलाउने लामखुट्टे नष्ट गरु अभियानसँगै नागरिक पनि सचेत हुन थालेकाले सङ्क्रमण घटेको जनाएको छ ।
महाशाखाका अनुसार डेङ्गीको सङ्क्रमण सबैभन्दा धेरै फैलिएको चार जिल्ला सुनसरी, झापा, मोरङ र धादिङमा अहिले सङ्क्रमण फैलिने क्रम केही घटेको छ । यस डेङ्गी रोगको सङ्क्रमणको जोखिम अझै दुई महिना रहेको हुँदा सावधानी अप्नाउन महाशाखाले सबैमा अनुरोध पनि गरेको छ ।
यो रोगको सङ्क्रमणबाट बच्न शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने आफु बसोबास गर्ने ठाउँ वरिपरि सफा राख्ने, पानी जमेको ठाउँमा सरसफाइ गर्नुपर्ने पनि महाशाखाले बताएको छ । महाशाखाले जनाए अनुसार देशभर २४ हजार जनामा डेङ्गी रोगको सङ्क्रमण देखिएको छ भने यस वर्ष डेङ्गीका कारण १४ जनाको मृत्यु समेत भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-