पोखरा ।।
पोखरा १६ दिपमा अबस्थित दीप यूनाइटेड क्लबले
“सद्भाव र सहकार्यका लागि एकता” भन्ने मुल मन्त्रका साथ आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत ११ औ खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि वडा नं १६ का वडा अध्यक्ष अमृत शर्मा तिमिल्सिना रहनु भएको थियो । भने बिशेष अतिथि वडा सदस्य क्रमश : राजकुमारी बाँनिया, मञ्जु बस्याल,रामकाजी गुरूङ र रामचन्द्र आचार्य लगाएत विभिन्न संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि र समाजका विशिष्ठ व्यक्तित्वहरू रहनु भएको थियो ।
महिलाहरुको महान पर्व हरितालिका तीजको अबसरमा हरेक बर्ष आयोजन हुँदै आएको ११ औ शृङ्खला रक्तदान कार्यक्रमको उद्घाटन ४९ औ पटक रक्तदान गर्नु भएका रक्तदाता राम बहादुर बाँनियालाई ब्लड ब्याग हस्तान्तरण गर्दै वडा अध्यक्ष अमृत शर्मा तिमल्सिनाले कार्यक्रमको शुरूवात गर्नु भएको थियो । सुर्योदय सेकेन्डरी स्कुलको सहयोगमा दीप युनाइटेड क्लबको आयोजना र रक्तसञ्चार केन्द्र रामघाट पोखराको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा ५४ यूनिट रगत संकलन भएको क्लबका अध्यक्ष खेमराज आचार्यले जानकारी दिनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि शर्माले क्लबले सामाजिक क्षेत्रमा उत्तरदायित्व बहन गर्दै सदा समाजको हितको लागी विभिन्न बिधामा यस्ता कार्यक्रम गर्दै आएकोमा क्लब प्रति आभार प्रकट गर्नु भयो । क्लबका अध्यक्ष खेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक क्लबका उपाध्यक्ष बिष्णु कुमारी गुरूङले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम संचालन क्लबका सचिव भिम प्रसाद आचार्यले गर्नु भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-