Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

    १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

    केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

    केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

    पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

    केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

उत्पादनलाई पर्यटन सङ्ग जोड्यौ भने मुलुक अगाडि बढ्छ : धनराज गुरुङ

प्रमुख खबर प्रमुख खबर
२०८०, २५ भाद्र सोमबार २३:२३
100
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।।
नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले उत्पादनलाई पर्यटन सङ्ग जोडियो भने मुलुकको विकास हुने बताएका छन् । सोमबार पर्यटन विकास महिला संघ (टेवान) ले आयोजना गरेको तीज सांस्कृतिक महोत्सवको पोखरामा उद्घाटन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।

तीज मनाउने तरिका बद्लिएको र परिस्कृत ढंगबाट तीज मनाउने प्रयास टेवानले गरेको भनाई उनको छ । तीजलाई स्थानीय उत्पादनसङ्ग जोड्ने प्रयास सह्रानिय भएको उनले उल्लेख गरे । ‘तीज पर्वलाई केवल रमाइलो पर्वका रुपमा भन्दा पनि स्थानीय उत्पादन सङ्ग पनि जोड्ने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको रहेछ, खुशी लाग्यो । पर्यटन विकासको आधार नै अब स्थानीय उत्पादन हो’,उनले भने । तीजमा विकृति आए पनि यसको सुधार हुनुपर्ने विषयलाई उनले औंल्याए । महिला दिदीबहिनी पुरुषको बैशाखी नभई मुलुककै नेतृत्व गर्ने बाटोमा अग्रसर हुनुपर्ने उनले बताए । पुरुष पानी माथिको ओभानो भएर समाज परिवर्तन नहुने तर्क उनको छ । बद्लिएको समाजमा नबद्लिएको विषय बदल्नुपर्ने आवश्यक्ता रहेको उनले बताए ।

गण्डकी प्रदेशकी सांसद सरस्वती गुरुङले हिमाल, पहाड र तराइलाई पोखरामा भएको तीज सांस्कृतिक महोत्सवले जोडेको बताइन । विविध समस्याले जगडेको पर्यटनलाई माथि उठाउन सांस्कृतिक कार्यक्रम मार्फत दिदीबहिनी लागेको देख्दा खुशी लागेको अभिव्यक्ती उनको छ । यस्ता कार्यक्रमले गाउँगाउँका उत्पादनलाई बजारसङ्ग जोड्न मदत पुग्ने भनाई उनको छ । पर्यटन परिषदका महासचिव संजयकान्त सिग्देलले पोखराको पर्यटन विकासमा सबै पक्ष एक भएर लाग्नुपर्ने उल्लेख गरेका छन् । अन्तर्राष्ट्रिय विमान स्थल निर्माण भएता पनि उडान हुन नसक्नु दुर्भाग्य भएको उनले बताए । छिमेकी राष्ट्र सङ्गको समन्वयमा छिटो भन्दा छिटो अन्तर्राष्ट्रिय उडान गर्न सके पर्यटन क्षेत्रमा सुधार हुने भनाइ उनको छ । पोखरा देखि मुग्लिनसम्मको सडक निर्माणमा ढिलाई हुँदा यहाँका पर्यटन व्यवसायी मर्कामा परेको उनले बताए । सरकारले नै इनिसियसन लिएर फास्ट ट्रयाकमा काम गर्नुपर्ने वातावरण मिलाउनु पर्ने आवश्यक्तालाई उनले औंल्याएका छन । २०३५ सालको पर्यटन ऐन संशोधन गरि नयाँ पर्यटन ऐन ल्याउनुपर्ने उनले बताए ।

पोखरा महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णु भट्टराईले तीज पर्वमा मौलिकताको खांचो भएको बताए । मौलिकता जोगाउन आयोजना गरिएको तीज सांस्कृतिक महोत्सवले पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास उनले लिएका छन् । टेवानकी अध्यक्ष कमला गिरीले पहिलो संस्करणको कार्यक्रम भएकाले कमीकमजोरी हुन सक्ने र आगामी दिनमा सुधार गर्दै लैजाने बताइन । भदौ २५ देखि २७ गते सम्म कोमागाने पार्क लेकसाइडमा हुने तीज सांस्कृतिक महोत्सवलाई सफल पार्न पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद लगायत पर्यटन सम्बद्ध संघ संस्थाहरुको सहयोग प्राप्त भएको जानकारी गराइन ।

नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पंगेनी, कास्की अध्यक्ष विमला भण्डारी लगायतले बोलेको कार्यक्रममा प्रभातफेरी र्यालीको समेत आयोजना गरिएको थियो । जहाँ गण्डकी प्रदेशका महिलाहरुको बाक्लो सहभागिता देखिन्थ्यो । सांस्कृतिक महोत्सवमा प्रदेशका विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादनको प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

गण्डकी प्रदेश

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

गण्डकी प्रदेश

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

खेलकुद

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

खेलकुद

केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट : कोशी प्रदेशको सान्त्वना जित

खेलकुद

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

खेलकुद

केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट : नेपाल आर्मी विजयी

ताजा खबरहरु

आठौं पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने

१६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

केपी ओली कपको फाइनलमा मधेस प्रदेश, एपीएफ पराजित

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In