पोखरा ।।
पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले नाटकले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्न सघाउने बताए । नाट्य क्षेत्र महत्वपूर्ण क्षेत्र भएको भन्दै यो क्षेत्रमा भविष्य भएको दावी समेत गरे ।
महोत्सव संयोजक तथा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले निरन्तर महोत्सव आयोजना गर्न सबैको साथले सम्भव भएको बताए ।
विद्यालय नाटक महोत्सव आयोजना गरेको पाँच वर्षमा केही उपलब्धि देखिन थालेको उनको भनाई छ ।
पोखरा थिएटरका संस्थापक सञ्चालक दीलप्रसाद गुरुङले नाटक महोत्सव प्रतिको चासो बढ्न थालेको बताए ।
रङ्गमञ्च क्षेत्रको विकास तथा उत्थानका लागि स्थापित थिएटरले आफ्नो स्थापनाकालदेखि नै नाटक मञ्चन, विद्यालयमा अभिनय कक्षा, प्रशिक्षण, नाट्य महोत्सव तथा विभिन्न रङ्गमञ्चीय गतिविधिहरू आयोजना गर्दै आइरहेको उनले खुलाए ।
प्रतिक्रिया लेख्नुहोस्:-