Preeti to unicode
  • Login
Pramukh Khabar
Advertisement
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज

    पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

    पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

    केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

    हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

    पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

    आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

    Load More
  • मनोरंजन
  • खेलकुद
  • विचार/अन्तर्वार्ता
  • विज्ञान/प्रविधि
  • कला/साहित्य
English
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Pramukh Khabar
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

ऐतिहासिक वाटुलेचौर तीज मेला सम्पन्न

प्रमुख खबर प्रमुख खबर
२०८०, २ आश्विन मंगलवार ०८:२८
103
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

पोखरा ।।
परापुर्वकाल देखि नै पोखराको वाटुलेचौरमा संचालन हुदै आएको ऐतिहासिक तीज मेला सम्पन्न भएको छ ।

नेपाली महिलाको महान पर्व हरितालिका तीजको अवसरमा हिमालय क्लवले आयोजनामा गरेको मेलामा विशुद्घ तीज गीत र नृत्य गरिएको थियो । मेलामा १६ वटा आमन्त्रित समुहले आ आफ्ना तिज गीत तथा नृत्य प्रस्तुत गरिएको र सोही कार्यक्रममा तीजको परम्परागत भाका हम्काईलोको समेत प्रस्तुती रहने थियो । मेलामा पोखरा १६ र १९ वडाका १६ वटा आमा समुहले सहभागिता जनाएका थिए । सहभागी टिमलाई प्रोत्साहन स्वरुप नगद दश हजार र प्रमाणपत्र वितरण गरिएको छ । समुहलाई क्लवका अध्यक्ष सुशील वस्नेत, वडाध्यक्ष अमृत शर्मा तिमिल्सीना, निवर्तमान अध्यक्ष मोहन थापा , संयोजक तारा प्रसाद तिमिल्सीना, मानार्थ सदस्य वेनी वहादुर वस्नेत लगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका हुन् ।

साँझसम्म चलेको मेला हेर्न पोखरा सहित त्यस आसपासका क्षेत्रवाट सहभागीहरुको वाक्लो उपस्थिती रहेको थियो ।महेन्द्र गुफा तथा चमेरे गुफा पुगेका स्वदेशी तथा विदेशी पर्यटक समेत मेलामा झुम्मिएका थिए । मेलामा चर्चित लोक दोहोरी गायक राजन कार्की र ज्योति लोहनीले सहभागी दर्शकलाई आफ्ना एक दर्जन वढी तिजे भाकामा झुमाएका थिए ।उनीहरुले गाँउदा सहभागी महिलाहरु व्रतको प्रवाह नगरी कम्मर मर्काएरै दिनभर जसो छमछम्ती नाचेका थिए ।यस अघि त्यस क्षेत्रका विभिन्न १६ वटा आमा समुहका अध्यक्ष सहित वडा सदस्य राजकुमारी वाँनिया र मञ्जु वस्यालले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा पुर्व मन्त्री एवं गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापा सहित विभिन्न व्यक्तिलाई मायाको चिनो प्रदान गरिएको क्लवले जनाएको छ ।

क्लवका अध्यक्ष वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य निवर्तमा अध्यक्ष मोहन थापा र संचालन सचिव शिवराज देवकोटाले गर्नुभएको थियो ।

विन्ध्यवासिनी मा.वि सम्मानित

पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालय सम्मानित भएको छ । ऐतिहासिक वाटुलेचौर तिज मेलाको अवसरमा हिमालय क्लवले विद्यालयलाई सम्मान गरेको हो ।शिक्षा मन्त्रालयले गरेको शैक्षिक तथा भौतिक तर्फको मुल्यांकनमा सामुदायिक विद्यालय तर्फ देशभरमै उत्कृष्ट पहिलो वन्न सफल भइर्, यस क्षेत्रकै उच्च गौरव वढाएको उल्लेख गर्दै क्लवले सम्मान गरेको हो ।

क्लवका अध्यक्ष सुशील वस्नेतले विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरुदत्त भट्टराई, प्रधानाध्यापक कृष्ण प्रसाद आचार्यलाई सम्मानपत्र प्रदान गरी सम्मानित गर्नुभयो ।सम्मान ग्रहण गर्न कार्यक्रम स्थलमा समितिका सदस्य तथा विद्यालयका शिक्षक कर्मचारीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्:-

खेलकुद

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

गण्डकी प्रदेश

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

अर्थ

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

खेलकुद

हिसान कास्की स्पोर्टस मिट : तेश्रो दिन व्याडमिन्टनका प्रतिस्पर्धाहरु सम्पन्न, अन्य खेल जारी

खेलकुद

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

खेलकुद

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

ताजा खबरहरु

पाँचौ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र मा.वि लाहाचोकलाई

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

केभसिटि पर्यटन सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न

प्रमुख मिडिया प्रा.लि.
 पोखरा २,अर्चलबोट 
कम्पनी रजिस्ट्रार दर्ता नं. २७२८८५/७८/७९
सूचना विभाग दर्ता नं. ३३५७-२०७८/७९
विज्ञापनका लागि : ९८४६२७८७२९, ९८४६०१८१८०
ईमेल [email protected] 

हाम्रो टिम:
सम्पादक 
सन्तोष पराजुली
सह-सम्पादक
सरिता गुरुङ
संवाददाता 
संजय थापा
फोटो पत्रकार
विमल थापा

सामाजिक सञ्जाल

© 2018 - 2021 Pramukh Khabar - Designed by: MPG Solution.

  • English
  • Pramukh Khabar
  • Pramukh Post
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • समाचार
    • गण्डकी प्रदेश
    • राजनीति
    • अन्तराष्ट्रिय
  • शिक्षा/स्वास्थ्य
  • समाज
  • मनोरंजन
  • खेलकुद
  • Login

© 2020 Pramukh Khabar | Designed by: MPG Solution Nepal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In