काठ्माण्डौं ।।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर पुगेका छन् । बुधबार तिब्बतको ल्हासा गएका उनी त्यहाँको गङ्गा विमानस्थलबाट तिब्बत एअरलाइन्समार्फत कैलाश पर्वतको भ्रमणका लागि पुगेका हुन् ।
उनी आज मानसरोवर ताल र कैलाशको दर्शन गरेर त्यही बस्नेभएका छन् । गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका उनी शनिबार मात्र स्वदेश फर्कने भएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-