सरिता गुरुङ
पाेखरा ।।
नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको तयारी पूरा भएको छ । सोमबारदेखि पोखरामा शुरु हुने प्रथम अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हाे ।
देश संघीयतामा गएपछि पहिलो पटक हुन लागेको एमाले गण्डकीको अधिवेशनको उद्घाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आइतबार पाेखरामा पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी दिएको छ।
अधिवेशनमा कास्कीबाट १४६, स्याङ्जाबाट ११३, गोरखाबाट ५३, बागलुङबाट ७२, पर्वतबाट ११०, नवलपुरबाट १०९, तनहुँबाट ८२, मुस्ताङबाट १६, लमजुङबाट ६५, मनाङबाट १४, म्याग्दीबाट ४२ र जनसंगठनबाट ८६ जना गरि ९०७ जना प्रतिनिधिहरु सहभागि हुने एमाले गण्डकीका उपसचिव एवम् प्रचार-प्रसार उपसमिति संयोजक रश्मि आचार्यले जानकारी दिएका छन् ।
अधिवेशनको उद्घाटन अघि एमालेले पोखराका विभिन्न चार स्थानहरु हस्पीटल चोक, औद्योगिक क्षेत्र, शिव चोक, बुद्ध चोक र बसपार्कबाट ¥यालीसहित अमरसिंह चौरमा उद्घाटन सत्र सञ्चालन हुने उनले बताएका छन् । उनका अनुसार अधिवेशनका लागि आएका प्रतिनिधि राख्न पोखरामा २१ वटा होटल बुकिङ गरेको छ ।
यस्तै नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज गोकर्ण विष्टले अधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने अधिकार कसैलाई नभएको बताएका छन् । उनले यस अधिवेशनमा प्यानल बनाउन बन्देज लगाइएको अाजकाे पत्रकार सम्मेलनमार्फत बताएका हुन् । उनका अनुसार सहमति र सहकार्यबाट नै सर्वसहमतिमै नेतृत्व चयन गर्ने प्रयत्न भएकाे जानकारी दिएका छन् ।
अाफु यस प्रदेशकाे इन्चार्ज भएको नाताले अन्तिम समयसम्म पनि एकताकाे अाधारमा सहमति खाेज्ने प्रयत्न गर्ने उनले बताए । तर सहमति नभएमा आन्तरिक जनवादको अभ्यास गर्ने पार्टी नेकपा एमाले भएकाेले लोकतान्त्रिक पद्धतिमा काेही जान चाहान्छ भने पाटीले नराेक्ने स्पष्ट पारेका छन् ।
त्यस्तै विष्टले गण्डकीमा पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबीच अन्तर द्वन्द्व छ भनेर बाहिर फिजाइए जस्ताे वास्तविकता नभएको बताएका छन् ।
उनले गुरुङ र अधिकारीसँग घण्टौं कुरा गरेकाे र कुराकानीकाे दाैरान नै बाहिर सुने जस्ताे मनमुटाव र प्रतिस्पर्धा नभएको बताएका हुन् ।
तर यहाँका केही सञ्चारमाध्यमले अपबाह फैलिएकाे बताउँदै त्यस्ताे कुनै प्रकारकाे असम्झदारी नभएको पनि उल्लेख गरेका छन् । नेकपा एमाले गण्डकी प्रदेशकाे प्रथम अधिवेशन भने १५ र १६ गतेसम्म हुने भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-