पोखरा ।।
क्षेत्री समाज नेपाल पोखरा– १६, ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित धार्मिक विधी पुर्वक आरती गर्ने भएको छ । वाटुलेचौरमा रहेको चण्डीका, कालिका र अम्विका मन्दिरमा फुलपातीको दिन विहान कलश यात्रा गरिने र साझँ महाआरती सहित शुभकामना आदान प्रदान र चियापान गरिने आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।
विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डीका मन्दिरवाट शुरु भई अम्विका मन्दिर हँुदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत हुने समाजका अध्यक्ष सन्दीप थापाले जानकारी दिनुभयो । उहाँका अनुसार कलश यात्रामा तमु, मगर, तामाङ, गन्धर्व सहित विभिन्न सात वटा जातिय समुदायले आ आफ्नो भेषभुषा सहित सहभागी हुने र कलश यात्रामा नौमति वाजा र भजन चुड्का प्रस्तुत गरिने छ ।
सप्तमीका दिन चण्डीका मन्दिरमा आरती हुने, अष्टमीका दिन कालिका मन्दिरमा गरिने र विभिन्न समुदाय, आमा समुह तथा टोल विकास संस्थाले सहयोग गर्ने सचिव राजेन्द्र थापाले वताउनु भयो । पत्रकार सममेलनमा वोल्दैं क्षेत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष वेनी बहादुर वस्नेतले पोखरा १६ लाई धार्मिक पर्यटनको रुपमा विकास गर्न पनि कार्यक्रमले महत्वपुर्ण टेवा दिने वताउनु भयो । उहाँले यस्ता कार्यक्रमले जातिय एकता र धार्मिक सदभाव बढाउने हुदाँ सवैले सहयोग गर्नुपर्ने अपेक्षा राख्नु भयो ।
कार्यक्रमको तयारी तिव्र पारिएको र विभिन्न संघ संस्थासँग समन्वय भैरहेको वताईएको छ । यसअघि वाटुलेचौरमै रहेको हिमालय क्लवले घटस्थापनाको दिन देखि नै कालिका मन्दिरमा विभिन्न संघ संस्थासँगको समन्वयमा दुर्गा पुजा तथा आरती गरिरहेको छ । समाजका सचिव राजेन्द्र थापाले संचालन गर्नुभएको पत्रकार सम्मेलन अध्यक्ष सन्दीप थापाको अध्यक्षतामा भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-