पोखरा ।।
भूकम्पपीडितका लागि राहत बोकेको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ । बिहान चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । चिनियाँ सेनाको जहाजसँगै कार्गाे विमान पनि विमानस्थलमा अवतरण भएको छ।
१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर चिनियाँ जनमुक्ति सेनाको Y-20 जहाज (PLA AF 15) बिहान छेन्दुबाट पोखरा आएको हो । राहत सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पुर्याउने छ ।
विमानस्थलमा ती सामग्री हस्तान्तरण र बुझ्न बिहान ८:३० बजेको जहाजबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्ग काठमाण्डुबाट पोखरा आएका छन् । उत्तरी छिमेकी राष्ट्र चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको हो ।
राजदूत सोङका अनुसार मंगलबार घोषणा भएको १३ मिलियन आरएमबी अर्थात् नेपाली १ करोड ३३ लाख १० हजार ६० रुपैयाँ सहयोग दिने भएको छ । नेपालका भूकम्पपीडितका लागि रेडक्रस सोसाइटी अफ चाइनले दिने यो नगद सहयोगलाई चीनले आपत्कालीन नगद सहयोग भनेको छ।
तस्बिर – शुुदशन रन्जित
प्रतिक्रिया लेख्नुहोस्:-