पोखरा ।।
“सद्भाव र सहकार्यका लागि एकता” भन्ने मुल मन्त्रका साथ पोखरा १६ दिपमा अबस्थित दीप यूनाइटेड क्लबले बिगतका बर्षहरूमा जसरी यस बर्ष पनि देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
क्लबले सामाजिक कार्य र खेलकुदलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको हुदा यस बर्ष पनि देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिएको र कार्यक्रमबाट बाकी रहेको रकमले सांस्कृतीक कार्यक्रम, क्लबका बार्षिक कार्यक्रम संचालन , जेष्ठ नागरिकका लागि दिवा सेवा र क्लबको पार्क संरक्षण र ब्यबस्थापनमा खर्चिने हुदा सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदी बहिनीहरूले क्लबको उद्देश्य पूरा गर्न नैतिक र आर्थिक रूपमा सहयोग गरिदिनु हुन क्लबका अध्यक्ष खेमराज आचार्यले आव्हान गर्नु भयो ।
यस बर्षकोको देउसी भैलो कार्यक्रममा Lakshya Band र Drishya Band को बिशेष प्रस्तुति रहने छ भने सांस्कृतिक सम्बन्धि देउसी भैलो कार्यक्रम पनि रहेको छ । कार्यक्रम यहि कात्तिक २८ गते साझँ ५ बजे देखि ९ बजे सम्म दिप युनाइटेड पार्क, सेती मार्गमा गरिने क्लबका सचिब भिम प्रसाद आचार्यले जानकारी दिनु भयो ।
प्रतिक्रिया लेख्नुहोस्:-