पोखरा ।।
कास्की प्रशासनले देउसी भैलो कार्यक्रमलाई मर्यादित बनाउन राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्दै राति ९ बजे सम्म मात्रै देउसी भैलो कार्यक्रम चलाउन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सूचना जारी गर्दै कास्की जिल्ला भर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरि रातीको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेको छ ।
प्रहरीले शुभ दिपावली, तिहार एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसवाजी, लगायत विष्फोटक पदार्थजन्य सामग्रीको ओसारपसार, वेचविखन र नपड्काउन अनुरोध गरेको छ । नियमको पालना नगरेमा कार्वाही गर्ने जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-