काठमाडौँ ।।
सरकारले बालकुमारी घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने भएको छ ।
शनिबार बसेको मन्त्रिपरिषद बैठकले बालकुमारी घटनामा मारिएका दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको हो । यस्तै, उनीहरुले भनेकै स्थानमा अन्तिम संस्कारका लागि शव उपलब्ध गराउनेसमेत निर्णय भएको छ ।
पानी जहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमुलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा उनीहरुको मृत्यु भएको थियो ।
मन्त्रिपरिषद बैठकले घटनामा घाइते हुनेहरुको उपचार खर्च व्यहोर्ने निर्णय पनि गरेको जनाइएको छ ।
त्यस्तै सरकारले घटनाको सम्बन्धमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्ने र सुरक्षा निकायलाई सतर्क, संयमित र प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-