हतियारधारी समूहद्वारा महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखा  लुटियाे
  • प्रमुख खबर

महोत्तरी ।।

महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । हतियारधारी समूहले महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट १२ बजेर २० मिनेटमा रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेको डिएसपी दिलिपकुमार गिरीले जानकारी दिएका छन्।

बैंकले अन्दाजी ३५ लाख रुपैयाँ लुटेको हुनुपर्ने प्रारम्भिक अनुमान गरेको छ । प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए । लुटपाटमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्