चितवन ।।
राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ ।
पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो ।
भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो ।
१६ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विजेतालाई क्रमशः रु ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन्। भरतपुर महानगरपालिकामा एक समारोहका बीच विजेता खेलाडी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना र शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले संयुक्त रुपमा पुरस्कृत र सम्मान गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरी सानदार जित हासिल गर्न सफल विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
भरतपुरले प्रथम स्थान हासिल गरेपछि महानगरपालिकाको तर्फबाट विजेता खेलाडीलाई थप प्रोत्सहानका लागि पहिलो पटक पुरस्कारको व्यवस्था गरिएको प्रमुख दाहालले बताएका छन् ।
यसअघि भरतपुर महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आइरहेको थियो।
प्रमुख दाहालले आगामी दिनमा हुने प्रदेश र संघीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रर्दशन गरी उपाधि प्राप्त गर्न अग्रीम शुभकामना समेत व्यक्त गरेका छन् ।
भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६–६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पारेको थियो ।
यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भएको थियोे । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जितेको थियो भने १७ कास्य जितेको थियो ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-