काठमाण्डाै ।।
सुन तस्करी प्रकरणमा थुनामा रहेका १२ जनालाई धरौटीमा छाड्न अदालतले अस्वीकार गरेको छ ।
उच्च अदालत पाटनले बेल्जियमका नागरिक दावा छिरिङसहित १२ जनाले थुनामै रहेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिएको हो ।
काठमाण्डौ जिल्ला अदालतकै आदेश सदर गर्दै उच्च अदालतले दावासहित टासी भन्ने थुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलिप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई थुनामै राख्न आदेश दिएकाे छ ।
यस्तै थुनामुक्त हुन पाउँ भन्दै निवेदन दिएका ६ जनासँग भने अदालतले धरौटी माग गरेको छ । अदालतले
कृष्णकुमार श्रेष्ठ र पुष्करराज भट्टबाट जनही एक/एक लाख रुपैयाँ धरौटी माग गरेको छ ।
त्यस्तै गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपालीसँग जनही ५ लाख रुपैयाँ तथा सुदर्शन गौतम र यादव पराजुलीसँग जनही २ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-