पाेखरा ।।
गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दिएका गठबन्धनका तीन जना उमेदवार विजयी भएका छन् ।
आगामी २० गतेदेखि रिक्त हुने पदका लागि गण्डकीबाट महिला क्लष्टरमा (नेकपा माओवादी केन्द्र) पर्वतकी मनरुपा शर्मा, अपाङ्गता क्लष्टरमा तनहुँका (कांग्रेस) पदमबहादुर परियार र अन्यतर्फ गाेरखाका (कांग्रेस) किरणबाबु श्रेष्ठ विजयी भएका छन् ।
आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका किरणबाबुले ३ हजार ८ सय ८ मत प्राप्त गर्दै विजयी भएका छन् ।
यता माअाेवादी मनरुपाले ३ हजार ६ सय ६० मतभार प्राप्त गरेकी छन् भने कांग्रेसका पदमबहादुरले ३ हजार ७ सय ७४ मतभार पाएर विजयी भएका छन्।
गण्डकी प्रदेशमा रिक्त हुने तीन सिटमा ४ दलका ८ जना उम्मेदवार चुनावी मैदानमा थिए ।
२ सय ३० जना मतदाता रहेकाे गण्डकीमा २ सय २९ जना मतदाता निर्वाचनमा सहभागि भएको प्रदेश निर्वाचन कार्यालय पोखराले जानकारी दिएकाे छ ।
प्रतिक्रिया लेख्नुहोस्:-