पोखरा ।।
पोखरामा घरको लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ । पोखरा ८, रत्नचोक बस्ने ३७ वर्षीय ईन्जिनियर प्रविण भट्टराईको मृत्यु भएको हो ।
पोखरा ६, लेकसाइड, खहरे चोकस्थित चिनीमाया भण्डारीको निर्माणधिन घरको तातो पानीको सर्बे गर्ने क्रममा मंगलबार दिउँसो १ बजे खसेर भट्टराई गम्भिर घाइते भएका थिए । उपचारको लागि गण्डकी मेडिकल कलेजमा लगिएकोमा साढे २ बजे उनको निधन भएको वडा प्रहरी कार्यालय बैदामले बताएको छ ।
प्रहरीका अनुसार उनी मुक्ति ईनर्जी प्रालि, न्यूराेड, पाेखरामा कार्यरत थिए । शव पोष्टमार्टमको लागि गण्डकी प्रदेश अस्पताल पोखरामा राखिएको र घटनाको विषयमा अनुसन्धान भईरहेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-